झापा गोल्डकपले  जग्गादाता डोमालाल राजवंशीका नाति भीम राजवंशीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । आज उद्धघाटन समारोहमा राजवंशीलाई नगद प्रदान गरिएको हो । गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले उक्त रकम प्रदान गरेका हुन् । त्यस्तै  

सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको छ । झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरिएको हो । 

वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए । प्रतियोगिता आयोजक समितिका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको थियो ।

430150618_425935840007366_5362875641710083656_n

झापा गोल्डकपको उद्धघाटन समारोहमा आज प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौँ दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए ।  कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इस्ट होराइजन स्कुलका विद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता आयोजना हुँदै गर्दा बिर्तामोडलाई बेहुलीझैँ सिँगारिएको छ । बिर्तामोडदेखि विर्ताबजारस्थित रंगशाला जाने सडकमा बत्ती बालेर उज्यालो बनाइएको छ । बिर्तामोडको मुक्तिचोक झकिझकाउ बनाइएको छ ।

मुक्तिचोकको पूर्व–पश्चिम राजममार्गमाथि लुङता टाँगेर आकर्षण थपिएको छ । बिर्तामोडमा आउने पर्यटकले पनि सहजै झापामा भइरहेको यो प्रतियोगिताको लोकप्रियताको महसुस गर्ने छन् ।