झापा 

बिर्तामोडमा मुख्य कार्यालय रहेको बिर्तामोड एजुकेशन फाउन्डेसनको शाखा झापाको धुलाबारीमा पनि विस्तार भएको छ । 

धुलबारीमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका का नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शाखाको उद्घाटन गरेका हुन् । 

WhatsApp Image 2024-03-07 at 01.21.01 (3)

फाउन्डेसनको ७ औं वार्षिक उत्सवको अवसर पारेर पुर्व क्षेत्रका विद्यार्थीको सुविधालाई ध्यानमा राखेर धुलाबारीमा बिर्तामोड एजेकेशनको शाखा विस्तार गरिएको  फाउन्डेशनका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । 

यस अघि नै फाण्डेशनको सुरुङ्गा, चारआली, फिक्कलमा शाखा स्थापना भइसकेको अध्यक्ष कार्कीले जानकारी दिए ।  बिर्तामोड एजुकेशनले  अष्ट्रेलिया ,अमेरिका, क्यानडा, युके, डेनमार्क, न्यूजल्याण्ड सहित अन्य देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि विद्यार्थीलाई परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ । साथै फाण्डेशनले जापनीज, अंग्रेजी, कोरीयन भाषा तथा कम्प्यटुयरका बिभिन्न कक्षाहरु प्नि सञ्चालन गर्दै आएको जनाइएको छ । 

फाउण्डेसनले सामाजिक उत्तर दायित्व वहन गर्दै इन्डियन आइडल सिजन १४ को टप १० मा पर्न सफल झापाली गायिका मेनुका पौडेललाई नगद ३० हजार सहित सम्मानपत्रद्धारा सम्मान समेत गरेको छ । 

 फाउण्डेसनका अध्यक्ष राज कार्कीको अध्यक्षतामा स्वागत धुलाबारी शाखा प्रमुख भोगेन्द्रप्रसाद न्यौपाने(भुवन)ले गरेका थिए ।  कार्यक्रमको सञ्चालन फाउण्डेसनका कर्मचारी केशव अधिकारीले गरेका थिए ।

कार्यक्रममा गायिका पौडेलले आफुले गाएका केहि  गितहरु प्र्रस्तुत गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथी बुढाथाोकी, इष्ट होराइजनका प्रिन्सिपल सञ्जिव राई, उद्योग वाणिाज्य संघ मेचीनगरका अध्यक्ष ख्याम प्रसाई, इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, निर्वतमान अध्यक्ष मिलन ओली लगायतले शुभकामनाा मन्तब्य राखेका थिए ।