नारी दिवसको अवसरमा छैटौं झापा गोल्डकप अन्तर्गत शुक्रबार नारीहरूले निःशुल्क खेल हेर्न पाउने भएका छन् ।  आयोजक झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले भोली शुक्रबार पर्न गएको ११४औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नारीहरुलाई गेम हेर्न निशुल्क प्रबेशको व्यवस्था मिलाइएको जानकारी दिए । 

गोल्डकप अन्तर्गत शुक्रबार एपीएफ र त्रिभुवन आर्मीबिचको पहिलो समीफाइनल खेल महिलाले निःशुल्क हेर्न पाउने अध्यक्ष बस्नेतले बताए । 

‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको अध्यक्ष बस्नेत बताउंछन् ।  

भोली  सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनहुन सबै महिलाहरुमा अध्यक्ष बस्नेतले अनुरोध गरेका छन् । 

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।