मोबाइल एसोसिएसन बिर्तामोडले हालै निर्वाचित बिर्तामोड उद्योग बाणिज्य संघका  पदाधिकारी तथा सदस्यहरु लाई स्वागत सम्मान गरेको छ । 

एसोसिएसनले आज सोमबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई शुभकामना सहित  परिच्यात्मक कार्यक्रम गरेको हो । 

WhatsApp Image 2024-03-11 at 07.18.00 (1)

बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता तथा एसोसिएसनका बरिस्ठ उपाध्यक्ष सुपृत खनालको अध्यक्षतामा  कार्यक्रम गरिएको हो । 

 प्रमुख अतिथि नगर प्रमुख प्रसाई, नगर उप–प्रमुख नगेन्द्र संग्रौलाले नव निर्वाचित संघका अध्यक्ष राजु न्यौपाने सहितका  पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गर्दै संघले नगर संग सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । 

एसोसिएसनका उपाध्यक्ष ऋषि भण्डारीले स्वागत तथा  एसोसिएसनका कोषाध्यक्ष युवराज निरौलाले औचित्माथि प्रकाश पारेको कार्यक्रममा बिशेष अतिथि उप(प्रमुख संग्रौला ,एमाले बिर्तामोड नगर अध्यक्ष सुभाष भट्टराई , बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै निर्वाचनताका बेला जनाएको प्रतिबद्धताका अनुसार काम गर्न सुझाब दिएका थिए ।  

कार्यक्रममा नव निर्वाचित संघका अध्यक्ष राजु न्यौपाने ,कोषाध्यक्ष युवराज निरौलाले निर्वाचन अगाडि आफुले अघि सारेका  प्रतिबद्धता अनुरुप काम  गर्ने बताएका छन् । 

उनीहरुले स्थानीय सरकार संग सहकार्य गरेर जाने उल्लेख गरेका थिए  । गत फागुन १४ गते सम्पन्न संघको निर्वाचन बाट अध्यक्षमा न्यौपाने सहित बरिस्ठ उपाध्यक्षमा राजकुमार घिमिरे९ राजु ० उद्योग उपाध्यक्ष विशाल थापा, बाणिज्य उपाध्यक्ष जीवन कुमार खड्का ,जन सम्पर्क उपाध्यक्ष गोमा भट्टराई ,महासचिव कुशल खतिवडा ,उद्योग सचीव पुकार बराल ,बाणिज्य सचिब राजकुमार शाह निर्वाचित भएका थिए । 

त्यसैगरी कोषाध्यक्षमा युवराज निरौला ,सह(कोषाध्यक्षमा तिलोतमा खत्री रहेका छन् भने  सदस्यमा अनन्तलाल महत्त्व कृष्ण प्रसाद बजगाई ,केदार खनाल ,डिल्लीराम कोईराला ,दिनेश श्रेष्ठ ,रमेश घिमिरे ,सत्रुघन प्रसाद गुप्ता ,सुशिला कुमारी कार्की र शुस्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।  कार्यक्रमको संचालन एसोसिएसनका  महासचिव सन्जय शाहले गरेका थिए ।