झापाको बिर्तामोड–३ स्थित  सैनिकमोडमा आयोजना गरिएको तेस्रो सडक फुड फेस्टिवल महोत्सव २०८० को समापन भएको छ । 

फागुन १७ गतेदेखि आयोजित फुड फेस्टिवल महोत्सवको आज समापन भएको हो ।  

होटल व्यवसायी संघले आयोजना गरेको  सडक फुड फेस्टीवल को आज विविध कार्यक्रमकाबिच समापन गरिएको हो ।  संघले तेस्रोपटक महोत्सव आयोजना गरेको हो । संघको अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा समापन  कार्यक्रम गरिएको हो । 

संघका बरिष्ठ उपाध्यक्ष ख्यामप्रसाद ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव शिवराज पौडेलले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा महोत्सव सफल बनाउने सहयोग पु¥याउने सबैलाई प्रशंसा पत्र वितरण गरिएको थियो । 

आर्थिक मन्दिरका कारण थलिएको व्यापार व्यवसायलाई केहि हद सम्म भए पनि चलायामान बनाउन तथा  व्यवसायीलाई राहत दिने गरी फेस्टीवल महोत्सवको संघले आयोजना गरेको  अध्यक्ष श्रेष्ठको भनाई छ ।

20240313_200953

 स्थानीय जातजातिका भेषभूषा र संस्कृतिको समेत प्रबद्धन संगै फेस्टीवलमार्फत स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम् रुपमा खपत बढाउन सन्देश प्रवाह गर्ने हेतुले कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताइन । 

फेस्टीवलमा दैनिक स्थानीय जात जातिका खानाका परिकार, संस्कृति झल्काउने झाँकी प्रदर्शन र राष्ट्रियस्तरका कलाकारहरुले नियमित  प्रस्तुति राखेका थिए । 

 गोर्खा ब्रुअरीले  फेस्टीवलको मुख्य प्रायोजन गरेको संघका महासचिव शिवराज पौडेलले जानकारी दिए ।   जावलाखेल गु्रप अफ इन्डस्ट्रिज प्रालिले सह प्रायोजन गरेको कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सम्पन्न भएको हो । 

फेस्टीभलमा सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । महोत्सवको एक कार्यक्रमकाबिच  कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।