झापाको बाह्रदशी – ३ राजगढमा रहेको एभरेष्ट हाइपर मार्केटले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ । चार वर्ष अघि राजगढमा शुरु भएको मार्केटले उपभोक्ताको मागलाई ध्यानमा दिंदै बिर्तामोडको विशाल बजारमा तेस्रो शाखाको रुपमा एभरेष्ट फ्रेस एण्ड फेसल सञ्चालनमा ल्याइएको हो । 

20240314_111504

पाँच करोड रुपैयाँ लगानीमा युवा व्यवसायी चान महमदले सबै सामग्री एकै ठाउँमा उपलब्ध गराउने गरी एभरेष्ट फ्रेस एण्ड फेसल सञ्चालनमा ल्याएका हुन् । १८ वर्ष साउदी अरव र दुवईमा काम गरेको अनुभवलाई चानले आफ्नै स्थानीय ठाउँमा प्रयोगमा ल्याएर मार्ट सञ्चालन गरेका हुन् ।

एभरेष्ट फ्रेस एण्ड फेसलको विहीवार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतरा प्रसाईले उद्घाटन गरेकी हुन् । मार्टमा दैनिक उपभोगिय खाद्ययन्न सहितका अन्य सामाग्रीहरु सस्तो र गुणस्तरीय पाइने जनाइएको छ । 

एभरेष्ट मार्टका सञ्चालक चानको अध्यक्षमा भएको कार्यक्रममा स्वागत प्रेम घिमिरेले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका नव निर्वााचित अध्यक्ष राजु न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन आकाश क्षेत्रीले गरेका थिए ।