झापा  प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न अग्रसरता  देखाएको छ । बिभिन्न मितिमा विभिन्न घटनामा कैद भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नतर्फ झापा प्रहरी अग्रसर बनेको हो ।

विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरूलाई झापा  प्रहरीले धमाधम पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख (एसपी) के.सी.ले जानकारी दिए । 

प्रहरीले फागुन महिनामा  फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान नै चलाएको एसपी के.सी. बताउंछन् ।  

झापा प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार फागुन महिनामा  विभिन्न किसिमका अपराधमा संलग्न भई फरार रहँदै आएका १ सय ६ जनालाई पक्राउ गरेको  उल्लेख छ । उनीहरुलाई अदालतमा उपस्थिति गराएको र उनीहरुबाट १३ बर्ष ६ महिना ११ दिन कैद सजाय र १४ लाख ६५ हजार ७ सय २२ रुपैंया जरिमाना असुल उपर गरिएको जनाइएको छ । 

भर्खरै जिल्लाको कमाण्ड समालेका के.सी.ले फरार प्रतिवादी पक्राउ र लागु औषध नियन्त्रणमा जिल्ला मातहतका निकायलाई काम गर्न निर्देशन दिएको जनाइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फागुन महिना भित्र जिल्लाको बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ ओसारपसार भइरहेकोमु।रु।३७, लाख ५१,४४०  बराबरकोकस्मेटिक आइटम, किराना सामाग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिधुतिय पार्टसहरु, सुर्तिजन्य पदार्थ सहित ९ वटा सवारी साधन र २६ वटा पशुचौपाया  नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी भन्सार कार्यालय बुझाएको समेत जनाएको छ ।