झापा 

कडरिया बन्धु सेवा समाज झापा मोरङ शाखाले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ ।  समाजद्धरा आज (शनिवार) बाट कनकाईस्थित कोटीहोममा रहेको कडरिया बन्धुहरुको भवनमा महायज्ञ आयोजना गरिएको हो । आज उद्घाटनमा कलश यात्रा समेत गरिएको छ । 

कडरिया केन्द्रिय बन्धु बंशावलीका अध्यक्ष मेदिनीप्रसाद कडरियाको प्रमुख आतिथ्य तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको बिशिष्ट आतिथ्यमा महायज्ञको उद्घाटन भएको हो । 

महायज्ञको प्रमुख कथाबाचकमा पंडित ताराप्रसाद कुईकेल र उपबाचकमा पंडित दिपक भट्टराई रहेका छन् । साथै बन्धुहरुको नव निर्मित भवनको पनि उद्घाटन गरिएको छ ।

महायज्ञ ब्यवस्थापन संयोजक गणेशप्रसाद कडरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चार बिभाग प्रमुख तथा समाजका केन्द्रिय सदस्य कमलप्रसाद कडरियाले गरेका थिए ।

समाज झापा मोरङ शाखाका अध्यक्ष बिरेन्द्र कडरियाको अध्यक्षतामा भएको महायज्ञको उद्घाटन  कार्यक्रममा कनकाई नगर प्रमुख पोखरेल, समाजका केन्द्रिय अध्यक्ष प्रभाखर कडरियालगायतले शुभकामना मन्तब्य राखेका थिए । 

कडरिया बन्धुहरुको करिब ८० लाख रुपैयाँको लगानीमा निर्माण भएको भवनमा महायज्ञ आयोजना गरिएको समाजका कोषाध्यक्ष लय कडरियाले जानकारी दिए । महाज्ञय चैत ९ गते समापन हुने जनाइएको छ ।