रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुंदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।


रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको बागलुङ प्रहरीले जनाएको छ।