झापा । आईएमई मोटर्स प्रा.लि.ले अशोक लिल्याण्डका १० वटा बस एकै पटक  सगरमाथा यातायात प्रा.लि.लाई बिक्री गरेको छ । 

झापाको बिर्तामोड– २ स्थित चारपानेमा रहेको सहारा अटो मोवाइल्स प्रा।लि।बाट बिक्री गरिएका बसको चाबी सगरमाथा यातायात प्रा।लि।का अध्यक्ष नबीन कोइरालालाई हस्तान्तरण गरिएको हो । 

IMG-20240320-WA0000

बुुधवार एक कार्यक्रमकाबीच आईएमई मोटर्सका प्रमुुख कार्यकारी निर्देशक हेमन्त पुुरानिक, सहारा अटो मोवाइल्स प्रा.लि.का अध्यक्ष महेन्द्रकुुमार गिरीले संयुुक्त रुपमा सगरमाथा प्रा.लि.का अध्यक्ष कोइरालालाई चाबी हस्तान्तरण गरेका थिए ।

IMG-20240320-WA0003

नयाँ फिचरमा उपलब्ध बस सगरमाथा प्रा।लि।लाई प्रदान गर्दै आईएमई मोटर्सका प्रमुुख कार्यकारी निर्देशक पुुरानिकले पछिल्लो समय धेरै कम्पनीका सवारी उपलब्ध भएपनि अशोक लिल्यानण्डका सवारी विश्वासिलो , भरपर्दो र मजवुुद रहेका कारण यातायात व्यवसायीको  रोजाइमा पर्दै गएको बताए । 

IMG-20240320-WA0005

केही समय अघिसम्म झापामा अशोक लिल्यानण्डका सबै सवारी मर्मत र सर्भिसिङका लागि पर्याप्त सेवा उपलब्ध नभएको स्मरण गर्दै सहारा अटो मोवाइल्सका अध्यक्ष गिरीले अहिले सहारा अटो मोवाइल्स प्रा.लि.बाट सबैसेवा उपलब्ध हुुने भएकाले व्यवसायी यो कम्पनीका गाडी खरिदमा रुची देखाएको बताए ।

उनले अशोक लिल्याण्ड र आईएमईसंग सहकार्य गर्दै भावी दिनमा सहारा साकोसका सदस्यहरुसंग समेत सहकार्य गर्दै सवारी बिक्री गरिने बताए । 

आईएमई मोटर्सका सुुशील सुुवेदीले स्वागत गरेको कार्यक्रममा सगरमाथा यातायात प्रा।लि।का अध्यक्ष कोइराला,  प्रवन्ध निर्देशक प्रविण थापा लगायतले शुुभकामना मन्तव्य राखेका थिए । 

आईएमई मोटर्सका प्रमुुख कार्यकारी निर्देशक हेमन्त पुुरानिकको प्रमुुख आतिथ्य तथा,सहारा अटो मोवाइल्स प्रा।लि।का अध्यक्ष महेन्द्रकुुमार

गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चालक तथा सह चालकलाई मायाको चिनो स्वरुप कम्पनीको टिसर्ट बितरण गरिएको थियो । साथै कम्पनीबाट खरिद गरिएका तीन वटा ट्रकका चावी सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो । 

कोहिनुुर ढुुवानी सेवाका हेमराज अधिकारी, हाम्रो ढुुवानी सेवाका पदम श्रेष्ठ, पूूर्वेली ढुुवानी सेवाका लय प्रसाद प्रसाईलाई ट्रकको चावी हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्ञ्चालन शुुक्र वहादुुर तामाङले गरेका थिए ।