समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या (रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी आरओपी) का बिषयमा मेची आँखा अस्पतालले चिकित्सकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । 

झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग बिशेषज्ञ, बालरोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ , (एनेस्थेसिया) चिकित्सकसंग अन्तरक्रिया गरेको हो । 

WhatsApp Image 2024-03-20 at 08.11.44

समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरुमा अन्धोपन हुन्छ ।  तसर्थ सचेतना अभिबृद्धिकालागि आंखा अस्पतालले सम्बन्धीत चिकित्सकसंग आरओपीका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोतम जोशीले बताए । 

WhatsApp Image 2024-03-20 at 08.11.44 (1)

चिकित्सकका अनुसार आरओपी भएको बच्चाको जन्म भइसकेपछि प्रसूतिरोग विशेषज्ञ वा नवजात शिशु विशेषज्ञले विशेष ध्यान दिनुपर्ने हुन्छ । विशेषज्ञ डाक्टरले यसरी जन्मिएको बच्चाको आँखा जाँच गराउन सल्लाह दिए समयमै उपचार हुन्छ । तसर्थ बालरोग र स्त्रीरोग र नेत्र चिकित्सकसंग जनचेतना अभिबृद्धिकालागि अन्तरक्रीया कार्यक्रम गरिएको मेची आँखा अस्पतालका मोतीयाबिन्दु तथा रेटिना बिशेषज्ञ डा. विपिन बिस्टले बताए । 

WhatsApp Image 2024-03-20 at 08.11.44 (3)

आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका सचिव गणेश पोखरेलले गरेका थिए । अध्यक्ष गुरुङले मेचि आँखा अस्पताल गुणस्तरीय तथा प्रविधिमैत्री सेवामा सदैब लागि पर्ने प्रतिबद्धता जनाए । 

डा. पुरुषोतम जोशीले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले गरेका थिए । 

कार्यक्रममा आरओपी के हो , यसको उपचार कसरी गर्ने लगायतका बिषयमा डा. जोशी र डा. बिपीनले सहजीकरण गरेका थिए । कार्यक्रममा ४० बढी चिकित्सकको उपस्थिति रहेको थियो ।