बैतडी । बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई कर्मचारी घाइते भएका छन् । आज बिहीबार डिलाशैनी गाउँपालिका–७ धामी गाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो ।

त्यस्तै, कोदालो प्रहारबाट दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।

बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए ।

त्यसलगत्तै उनकै घरमा डेरा गरी बस्दै आएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए । दुई घाइतेका थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।