धनकुटा : सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि धनकुटामा  ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्ने अभियान धमाधम संचालन गरिएको छ ।  इलाका प्रहरी कार्यालय भेडेटारले होडिङ बोर्ड अभियान संचालन गरेको हो ।

अभियान अन्तरगत  जिल्लाका बिभिन्न ठाउँमा ट्राफिक नियम अंकित होडिङ बोर्ड राखिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्कीले बताए । 

‘बोर्डमा ट्राफिक चिन्हका साथै सवारी नियम सम्बन्धी बिभिन्न जनचेतनामूलक कुराहरु राखेका छौ,’ उनले भने, ‘यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने अपेक्षा छ ।’

भेडेटार पर्यटकिय क्षेत्र भएका कारण पनि भिडभाड हुने गर्छ ।  दुर्घटना न्यूनिकरणका लागी सडक प्रयोगकर्ताहरु आफै सचेत हुनुपर्ने पनि उनले बताए । 

WhatsApp Image 2024-03-30 at 06.52.49

‘दुुर्घटना न्यूनिकरणका लागी अभियानलाई तिब्रता दिंइदै लगेको  बताउंदै कार्कीले  यसलाई सफल बनाउन सवारी चालकसँगै यात्रुहरु पनि आफै सचेत हुुनुपर्ने बताए । 

पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेको भन्दै त्यसको न्यूनिकरणका लागि उक्त अभियान संचालन गरिएको उनको भनाइ छ ।

दुर्घटना न्यूनिकरणका लागि कार्यालयले मुख्य सडक सहित  घुम्तिहरुमा बिभिन्न सचेतना मुलक बोर्ड राखिंदै आएको उनले बताए । 

WhatsApp Image 2024-03-30 at 06.52.47

सांगुरीगढी गांपालिका भेडेटारको  १० वडा मध्ये प्रहरी कार्कीको सक्रियतामा उनको क्षेत्रमा पर्ने  ५ वटा वडामा  प्रहरीले सचेतना बोर्ड राखेका छन् । साथै त्यहाँ प्रहरी सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

WhatsApp Image 2024-03-30 at 06.52.51 (1)

उनले जनप्रतिनिधि र बिभिन्न संघ संस्था समन्वय गर्दै सामुदायिक तथा नीजि विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गरिंदै आएको बताउंदै कार्कीले जसका कारण  स्थानीयसँग प्रहरीको सम्बन्ध राम्रो भएको बताउंछन् । 

लामो समयदेखि प्रहरीमा आबद्ध प्रनानि कार्कीले छोटो समयमा नै भेडेटारको कमाण्ड समालेसंगै उल्लेखनीय काम गरेका छन् । भेडेटारमा कार्यरत  प्रहरी नायव निरीक्षक कार्की गत माघ महिनाको सर्वोत्कृष्ट प्रहरी समेत घोषित भएका थिए ।  

कार्कीले इन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ठुलो परिणामको ६०० केजी गाँजा सहित ओसार पसारमा संलग्न चार जनालाई पक्राउ गरेका थिए । त्यस्तै एम्बुलेन्समा गांजा बरामद गर्नुका साथै अपराध नियन्त्रणमा राम्रो काम गरेको भन्दै कोशी प्रदेश प्रहरीले उनलाई सम्मान गरिसकेको छ ।