बिर्तामोड : 

झापाको बाह्रदशी गाउँपालिका १ मा श्रीमानले श्रीमतीको  खुकुरी प्रहार गरी हत्या गरेका छन् । आज बिहानै ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।

राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए ।  देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पत्नी अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको जनाइएको छ ।  मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।