बिर्तामोड : बिर्तामोड बजार क्षेत्रमा अटोरिक्साको संख्या बढेसँगै दुर्घटना पनि बढ्न थालेको छ ।  अटोका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको छ ।  

यसैलाई मध्य नजर गर्दै आज बिर्ताबजारमा दुर्घटना न्युनिकरण सचेतना कार्यक्रम तथा अटो चालकका समस्याका बारेमा छलफल कार्यक्रम गरिएको छ । 

बिर्तामोड ३ स्थित बिर्ताबजारमा दुई दिन अघि तीन प्राङ्ग्रे अटो दुर्घटना हुंदा  ताप्लेजुङ स्थित याङबरक गाउंपालिका २ मा बस्ने बर्ष ३६ को भिमबहादुर तामाङको मृत्यु भएको थियो । त्यस्तै सोहि ठाउंकी बर्ष ३१ कि सामना लिम्बु गम्भीर घाइते भएकी छन् । 

बिर्तामोड नगरपालिका अगाडि अटो तीब्र गतीका कारण अन्यन्त्रीत भइ सडकको डिभाइडरमा ठोकिएको थियो ।


pic 2 sacheta बजारमा अटो सञ्चालनमा आएसँगै सर्वसाधारणको दैनिकी सहज भए पनि दुर्घटनाको जोखिम भने अत्याधिक देखिएको बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । 

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले  लापरवाही तरीकाले तिब्र गतीमा अटो चलाउंदा दुर्घटना भए चालक सहित यात्रुलाई क्षती हुने हुंदा चालकलाई सचेत हुन आग्रह गरे । उनले दैनिक जिवन गुजारा चलाउन अटो चलाउने चालक दुर्घटनामा परे आर्थिक भारसंगै शारिरिक अंगभंग हुने तथा मृत्यु समेत हुने हुंदा सचेत बन्नु पर्ने धारणा राखे । 

पुर्वेली मजदुर यातायात प्रा.लि.को आयोजना तथा बिर्तामोड ३ वडाको समन्वयमा भएको कार्यक्रममा अटो रिक्सा चालकहरूले लापरबाहीका साथ अटो चलाउने, जथाभावी बाटो काट्ने र बीच सडकमै मोड्नेजस्ता कारणले गर्दा सडक दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्ण गौतमले बताए । 

pic 3 sachetana

कार्यक्रममा ट्राफिक सचेतना प्रदान गर्दै उनले  चालकलाई ट्राफिक नियम पालना गरी संयमित भएर अटो चलाउन  आग्रह गरे ।  

सडक पहुँचको तुलनामा अधिक संख्यामा अटो रहेकाले ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ भएको उनले बताए । 

 पुर्वेली यातायात मजदुर प्रा.लि.का अध्यक्ष हरी बांस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकी सहित बिराट सहकारीका प्रबन्धक रुद्र सिटौला, हिमालय इन्स्योरेन्सका शुशील थापाले मनतब्य राखेका थिए । 

कार्यक्रममा स्थानीय युवा कोशीस घिमिरे, बिर्ताबजार प्रहरी चौकीका असई राजेश पौडेल, सभामुख देवराज घिमिरेका सचिवालयका हिमाल मैनाली लगायतको आतिथ्यता रहेको थियो ।

प्रा.लि.का सचिव गणेश कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रा.लि.का सल्लाहकार धनसिंह राजवंशीले गरेका थिए । कार्यक्रममा पुर्वेलीमा आबद्ध चालकलाई  प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा १ सय बढी चालक सहभाथि थिए ।