शिवसताक्षी । झापाको शिवसताक्षी ४ जनता स्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिवसताक्षीको दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शिवसताक्षीको वित्तीय सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा शिवसताक्षीका दक्षिणी क्षेत्रका ४१५ जनाले सेवा लिएका छन् । जसमा मोतिया विन्दु भएका १६ जनालाई निशुल्क अपरेशनका लागि मेची आँखा अस्पताल लगिने  जना रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । 

शिवसताक्षीका दक्षिणी क्षेत्र वडा नं. ४, ५, ६ का नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक प्रकाश पोख्रेलले जनाकारी दिए । मेची आँखा अस्पतालको प्रविधिक सहयोग रहेको शिविरमा निशुल्क औषधि तथा १४७ जनलाई चस्मा वितरण गरिएको थियो । 

शिविरको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अमृत बहादुर राईले शिविरबाट भरपुर सेवा लिन नागरिकलाई आग्रह गरे । शिवसताक्षीका दक्षिण क्षेत्रमा बढी जस्तो आदिबासी समुदायहरु बसोबास गर्ने भएकाले  शिविर दक्षिणी क्षेत्रमा आयोजना गरिएको उनले बताए । 

शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले आदिबासी समुदायका नागरिकहरु आँखा नदेख्ने अवस्थामा पुगेपछि मात्र उपचारका लागि जाने गरेको बताए ।

स्थानीय स्तरमै शिविरको आयोजना गर्दा त्यसको प्रभावकारीता बढी हुने उनको भनाई थियो । शिविरमा शिवसताक्षी नगरपालिकाका लेखा प्रमुख प्रकाश योङहाङ्ग, कार्यपालिका सदस्य यसोदा विमली लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।