कनकाई : रमजानको अवसरमा धार्मिक सद्भाव कायम राख्दै हिन्दु र मुस्लिम समुदायलाई एकसुत्रमा बाँध्ने उद्देश्यले झापाको 

कनकाई नगरपालिका–३ का वडा सदस्य गोबिन्द सुवेदीले यहाँस्थित मदिना जामे मस्जिदमा भोजनसँगै खाद्यन्न सामग्री प्रदान गरेका छन् ।

धर्म अनेक भए पनि उद्देश्य एउटै भएको भन्दै उनले भाइचाराको भावना र सम्बन्ध सधैं रहनुपर्नेमा जोड दिंदै यो पवित्र महिना र चाडमा मिष्ठान भोजनसहित खाद्यय सामग्री सहयोग गरिएको उनले बताए । 

pic subedi

मस्जिदका व्यवस्थापन समिति अध्यक्ष महम्मद फिरोजले धर्मको सार एउटै भएकाले सबै जातजाति र धर्म सम्प्रदायको मानिसले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले  हिन्दुले मुस्लिम र मुस्लिमले हिन्दुको चाडपर्वलाई अपनत्व ग्रहण गर्दै मनाउनुपर्ने उल्लेख गरे । 

कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईंले पवित्र महिनाको रमजान पर्वको शुभकाना दिँदै हाम्रो देश धेरै जातजातिको बसोबास भएको ठाउँ हो, यहाँ सबै जातजातिले एकअर्काको धर्म, पर्व र आस्थालाई सम्मान गरेर अघि बढ्नु पर्ने बताए । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन्द्र लम्सालले समाज रहेका सबै मानिसमा मानवीय भावना हुने बताउँदै मुस्लिम समुदायको महान पर्वमा सबैले सद्भाव देखाउन आवश्यक रहेको बताए । 

सामाजिक अभियन्ता कमल कट्टेलले नेपाल चार जात ३६ वर्षको फूलबारी भएको बताउँदै रमजान मनाइएको बताए । 

वडा सुवेदीका काका कृष्णप्रसाद सुवेदीसहितको सहभागितामा आज साँझमा मस्दिजमा पुगेर रमजानको शुभकामना आदान–प्रदानसँगै मिष्ठान्न भोजन गराइएको हो ।