बिर्तामोड झापाको बिर्तामोडमा यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म श्री राम कथा वाचन हुने भएको छ 
राम नवमीको अवसरमापहिलो पटक श्री राम कथा वाचन श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरले आयोजना गर्न लागेको आज आयोजित पत्रकार भेटघाटमा कार्यक्रम संयोजक तथा श्रीहरि सत्संग समिति नेपालका संस्थापक अध्यक्ष बेदप्रकाश अग्रवालले जानकारी दिए । 
विभिन्न जाति, भाषा, संस्कृति र धर्मका मानिसहरुको बसोबास भएको नेपालमा सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्दै उनीहरुबिच सद्भाव कायम राख्ने उद्धेश्यले कार्यक्रमकआयोजना गरिएको  बिर्तामोड च्याप्टरका अध्यक्ष उमेश डालमियाको भनाई छ ।

कार्यक्रम सफल बनाउन  सबै जातजातिका मानिसहरुको सहभागिता रहने गरी २५१ सदस्यीय आयोजक समिति गठन गरिएको संरक्षक भगवानदास अग्रवालले बताए ।

कथा वाचन सुश्री संगिता किशोरीले गर्ने समितिका महासचिव बाबुलाल अग्रवालले जानकारी दिए ।
आगामी २७ मंगलबार विहान ८ बजे बिर्तामोडको दुर्गा मन्दिरदेखि अग्रसेन भवनसम्म शोभायात्रा गरिने जनाइएकाे छ ।  संगीतमय कार्यक्रममा रामलीलापनि प्रदर्शन गरिने आयोजकको भनाई छ ।