बिर्तामोड

झापाको कनकाई नहरमा डुबेर एक १४ वर्षीया बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका ७ स्थित कनकाई सिंचाई आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर ऋषिदेवकी १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भएको हो ।

शनिबार दिउँसो ३ बजेको समयमा नहरमा नुहाउन गएकी बालिका अपराह्न ४ बजे नहरमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयले घटनाबारे जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुगेका थिए ।