बिर्तामोड ।

झापाको बिर्तामोड–५ स्थित शनिचरे रोडमा ह्वाइट एन्जल ब्यूटीपार्लर सेलुन सञ्चालनमा आएको छ । दुबइ स्थित  वरदुबईमा मुख्य कार्यालय रहेको सेलुनको  बिर्तामोडमा चौथो शाखा सञ्चालनमा आएको हो । शाखाको उद्घाटन सोमवार (आज) एक कार्यक्रमकाबिच बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले गरेका छन् । 

दुबईमा १४ बर्षदेखि व्यवसाय गर्दै आएका मेचीनगरकी सुजता गिरी र रिता बरालको संयुक्त लगानीमा सेलुन सञ्चालनमा ल्याइएको जनाइएको छ । बिर्तामोडमा पनि उनीहरुकै लगानीमा  साझेदारीमा   सेलुन खोलिएको हो । सैलुनको दुबईमै तीन वटा शाखा सञ्चालनमा छन् ।

सैलुनमा रेखा भुजेल, सुजता गिरी र देबीका बिष्टले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । सीटीभिटीबाट मान्यता प्राप्त भएकाले सैलुनमा तालिम लिएर दुबई रोजगारीमा जानेहरुलाई फाइदा पुग्ने सञ्चालक सुजता गिरीले बताइन् । साथै उनले हाल सम्म १ हजार १ सय बढीलाई सैलुनबाट तालिम प्रदान गरी रोजगारीमा संमलग्न गराइएको बताइन ।

बिदेश जान इच्छुक महिला दिदि बहिनिहरुको सहजताकालागि बिर्तामोडमा सेलुन खोलिएको उनको भनाई छ ।  अनुभवी प्रशिक्षकबाट तालिम प्रदान गरेर  रोजगारीमा सहजता ल्याउने उदेश्यले नेपालमा सेलुनको शाखा बिस्तार गरिएको उनको भनाई छ ।   

करीब ५० लाखको लगानीमा खोलिएको सेलुनमा प्रोटिन, बोटक्स, क्यारोटिन, स्मोथिक, हेयर हाइलाइट साथै कस्मेटीकका सम्पुर्ण सामाग्री उपलब्ध रहेको सञ्चालक गिरीको भनाई छ ।

सञ्चालक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक तथा राजनीतिक ब्यक्तित्व पार्वत गिरी ,वडाध्यक्ष प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भिम कुवरले गरेका थिए ।