बिर्तामोड–

जिल्ला प्रहरी कार्यालय झापाले अपराधका विभिन्न घटनामा संलग्न भई फरार रहेकालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले फरार  रहेकामध्ये ३५३ जना अपराधीलाई पक्राउ गरेको जनाएको छ ।

अदालतको आदेश कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । 

पक्राउ परेका सबै अपराधीलाई अदालतमा पेश गरिएको र आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा  प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका प्रतिवादीले १४१ वर्ष ६ महिना २ दिन कैद सजाय भुक्तान गर्ने छन् । उनीहरूबाट ४ करोड ४० लाख ९२ हजार २७८ रूपैयाँ जरिवाना पनि असुल हुनेछ ।

अदालतको आदेश कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जनाइएको छ ।