बिर्तामोड  : झापाको बिर्तामोड ५ मा  रहेको न्युट्न्स एजुकेसन एकेडेमीले  सातु र सर्वत वितरण गरेको छ । 

आज बैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसरमा न्युटन्सका विद्यार्थीले यात्रु, बटुवा, चालक लगायतलाई सातु र सर्वत वितरण गर्दै पर्व मनाएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

20240510_121413

विद्यार्थीलाई सांस्कृतिक पर्वको ज्ञान दिने उद्देश्यले अक्षय तृतीयाको अवसरमा न्युटन्स बाल क्लबद्वारा सर्वत र सातु वितरण गरिएको न्युटन्स बाल क्लबको फोकल पर्सन मिनु शिवाकोटीले बताइन् ।

20240510_122522

बिर्तामोड स्थित मुक्तिचोकमा रहेको दुर्गा मन्दिरअगाडि सातु र सर्वतको स्टल राखेर न्युटन्स बाल क्लबको अध्यक्ष रोनिशा दाहाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाई, विद्यालयका स्पोट्स संयोजक केशव पोखरेल, बबिना भट्टराई सहित विद्यार्थीहरुले सर्वत तथा सातु वितरण गरेका हुन् ।