मेचीनगर

झापाको मेचीनगर १० स्थित धुलाबारीमा रहेको  इस्ट होराइजन माविले  यस वर्षदेखि बेलायत (युके) स्थित क्याम्ब्रिज विश्वविद्यालयको कोर्स अध्ययन सुरु गरेको छ । 

आज आइतबार एक कार्यक्रमका बिच इस्ट होराइजन  र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन सम्झौता भएको हो । 

FB_IMG_1715520625252

 सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल सञ्जीव राई र क्याम्ब्रिजका प्रतिनिधि डक्टर रोशन राठी, प्रविन ठाकुरले हस्ताक्षार गरेका छन् ।

FB_IMG_1715520636350

वैदेशिक अध्ययन तथा विश्वव्यापी अंग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्यअनुरुप क्याम्ब्रिज कोर्सको विद्यालयले यस बर्षबाट पढाई सुरु गरेको  विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बताए ।

मेचीनगरमै पहिलोपटक इस्ट होराइजन माविले क्याम्ब्रिज कोर्सको अध्ययन गराउने अवसर प्राप्त गरेको हो ।  अहिलेको विश्वव्यापी शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले क्याम्ब्रिज कोर्समा विद्यार्थीलाई अध्ययन गराउने अवसर प्रदान गरेको हो । विद्यालयको प्रशासन प्रमुख सावित्री सापकोटाका अनुसार इस्ट होराइजनमा  क्याम्ब्रिज कोर्स कक्षा ५, ६ र ७ मा लागु गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगरका शिक्षा शाखा अधिकृत पवित्रा ढकाल, क्याम्ब्रिजका प्रतिनिधि राठी, ठाकुर, तक्षशिला फाउन्डेसनका डक्टर भिक्टोरले लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा क्याम्ब्रिज कोर्सका विषयमा अडियो र भिडियोमार्फत जानकारी गराइएको थियो । त्यस क्रममा प्रतिनिधिहरुले विद्यार्थीको भविष्य र दक्षताअनुसारको अध्ययनका लागि क्याम्ब्रिज कोर्स उपयोगी हुने बताए ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत १३ वर्षभन्दा कम उमेर समूहमा राष्ट्रिय खेलाडीमा छनोट भएका तीनजना खेलाडीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक संगीता थापा र विकास ग्वालले गरेको शिक्षक महेश खड्काले जानकारी दिए ।