झापा ।

 झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एण्ड बेभरेजेज प्रालिले नयां जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले 

(जिमीजिमी) ब्राण्डमा कोकोनट जेली जुस  बजारमा ल्याएको हो । कम्पनीले एक महिनादेखि ६ वटा स्वादका फरक फरक जुस बजारमा ल्याएको हो । कम्पनीले स्टबेरी, लिची, मैंगो, ब्लुबेरी, ओरेन्ज, किबिको स्वादका जुस बजारमा ल्याएको कम्पनीका सञ्चालक पुष्प आर्चायले जानकारी दिए ।

उनले निकट समयमानै कम्पनीले पिच(आरु), अनार, क्यानबेरी, अम्बाको स्वादका जुसहरु बजारमा ल्याउने तयारी गरिरहेको  बताए । 

कम्पनीले एक बर्ष अघि देखि नै जुसिका मैंगो र मेन्टेन मैंगो जुस बजारमा ल्याइसकेको छ । करिब ११ वर्षअघि स्थापना भएको हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको उद्योगले ‘चिसोकोला’, ‘फन्नी’, ‘चटकोला, ‘सिम्पल साइट, ‘मेन्टेन ड्यू’, यूनिक ड्यू, निम्बु पानी, थ्रि स्टार लेमन लगायतका पेय पदार्थ र जुस उत्पादन गर्दै आएको छ ।

WhatsApp Image 2024-05-22 at 20.28.15 1

पल्प बेसमा उत्पादित जुसिका मैंगो र मेन्टेन मैंगो  जुसहरु उपभोक्ताले अत्याधिक रुचाएको  कम्पनीका सञ्चालक आर्चाय बताउंछन् । उनले छोटो समयमा नै यी जुसहरुको माग बढेको उनले बताए । 

त्यस्तै हाले मात्र बजारमा ल्याइएको (जिमीजिमी) ब्राण्डका कोकोनट जेली जुस पनि उपभोक्ताको रोजाइमा परेको कम्पनीले जनाएको छ । 

जुसहरु विभिन्न फलफूलको स्वादमा उपलब्ध गराइएको हो । कम्पनीबाट उत्पादित जुस तथा पेय पदार्थ काठमाण्डौं, चितवन, झापा, मोरङ, सुनसरी जिल्ला सहित २ प्रदेशका बिभिन्न बजारमा जाने गरेका छन् । अब चांडै नेपालको पश्चिम क्षेत्रमा पनि बजार विस्तार गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीमा ९० जना बढीले प्रत्यक्ष रोजगारी भएका छन् भने, अप्रत्यक्ष १ सय ५० बढीले रोजगारी पाएका छन् ।