काठमाडौं । भारतीय टेलिभिजन एनडीटीभीले लोकसभा निर्वाचनको एक्जिट पोल सार्वजनिक गरेको छ । उसले भारतीय जनता पार्टी बीजेपी जोडिएको एनडीए गठबन्धनले ३५० सीट ल्याउने बताएको छ ।

यो लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो । उता विपक्षी दलहरु मिलेर बनाइएको इण्डिया गठबन्धनले १५० सीटमात्रै ल्याउने एनडीटीभीको दाबी छ ।

भारतको सात चरणको चुनावको अन्तिम मतदान दिन आज थियो भने जुन ४ बाट गणना तथा औपचारिक परिणाम आउन सुरु हुनेछ । nepalpress.com