झापा 

पर्यटन कार्यालय झापाको आयोजना तथा होटल व्यवसायी संघ झापाको सहकार्यमा  झापाका पर्यटन व्यवसायमा आवद्ध व्यवसायीलाई  क्षमता विकास सम्बन्धी एकदिने प्रशिक्षण  प्रदान गरिएको छ । 

बिर्तामोडमा आयोजित प्रशिक्षण कार्यक्रममा होटल, ट्राभल्स, ट्रेकिङमा आवद्व व्यवसायीहरुको सहभागिता रहेको थियो । 

५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको कार्यक्रममा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा र वाल्मिकी एजुकेसन फाउण्डेसनका लेक्चरर निरज श्रेष्ठले प्रशिक्षण दिएका  थिए । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र कुमार संग्रौलाले  नेपालको पर्यटन विकासका लागि होटल, ट्राभल्स, ट्रेकिङमा आवद्व व्यवसायीहरुको सरोकारवालाहरुको हातेमालो जरुरी हुने बताए । 

होटल व्यवसायी संघ झापाका महासचिब शिवराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन कार्यालय झापाका सुचना अधिकारी निरज कट्टेलले गरेका थिए । 

कार्यक्रममा होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिब शिवराज पौडेलले , नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसनका कोशी प्रदेश महासचिब नविन खरेल लगायतका सरोकारवालाले पर्यटनको विकास गर्न सके आर्थिक उपार्जन संगै रोजगारी सृजना गर्न सकिने बताएका थिए ।