बिर्तामोड : झापामा ट्राफिक सप्ताहसँगै साताव्यापी लागुऔषध विरुद्धको सचेतना अभियान सुरु भएको छ । बिहिबार ट्राफिक सप्ताह कार्यक्रमको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले लागुऔषध विरुद्धको अभियानको थालनी गरिएको जनाएका हुन् ।
उनले झापा र त्यसमा पनि आफ्नो क्षेत्र बिर्तामोडमा लागु औषध प्रहरीकालागि मुख्य समस्या र चुनौती भएको बताए ।
बिर्तामोडको सबैभन्दा ठुलो समस्या लागुऔषध भएको बताउंदै उनले विगतदेखि नै लागुऔषधको समस्या रहेको तर त्यसलाई निर्मुल पार्न नसकिएको बताएका हुन् । यस अघि केहि सुधारका काम गरिए पनि त्यो पर्याप्त नभएको उनको भनाई छ ।
लागुऔषध दुव्र्यसनी र कारोबारले जरो गाढेर बसेको बताउंदै उनले त्यही लागु औषधका कारण समाजमा बिभिन्न अपराधहरु घट्ने गरेको बताए ।
लागुऔषधको बहुआयामिक असर हुने बताउदै डिएसपी बिष्टले युवा पुस्तालाई यसबाट टाढा रहन आग्रह समेत गरे ।
लागु औाषध सुधारगृह वृद्धि गर्नु तथा हुनु भनेको लागु औाषध तथा कारोबारी बढ्नु भएको तर्क गर्दै डिएसपी बिष्टले लागु औाषध सुधारगृह वृद्धि गुर्न राम्रो नहुने बताए ।
विगतमा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि सोचेजस्तो प्रभावकारी नतिजा ल्याउन नसकेको बताएका छन् । डिएसपी बिष्टका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडमा चालु आर्थिक वर्षको ११ महिनामा ६९ वटा लागु औषधका मुद्धा दर्ता गरिएको छ ।
जसमा ११३ जना कारोवारी र सेवनकर्ताहरुलाई कानुनी दायरामा ल्याइएको छ ।
यो तथ्याङ्कले प्रमुख व्यापारीक केन्द्र बिर्तामोडमा लागुऔषधको समस्या विकराल बन्दै गएको पुष्टि गर्ने बताउंदै उनी सबै मिलेर लागु औषध नियन्त्रण गर्नु पर्ने बताउंछन् ।