बिर्तामोड । 

प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । 

उनी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुहमा कार्यरत छन् । 

नेम्बाङ झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ शिवनगर टोल निवासी  विष्णुकुमारी बिष्ट हत्या प्रकरणमा  अनुसन्धानमा संलग्न प्रहरी अधिकृत हुन ।

६७ वर्षीया विष्टको हत्यामा संलग्न ६ जनालाई नेम्बाङले कुशलतापूर्वक पक्राउ गर्न सफल भएको भन्दै उनलाई  उत्कृष्ट प्रहरी घोषित गरिएको हो । 

नेम्बाङ नेतृत्वको टोलीले सिआइबी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीसंगको समन्वयमा बिष्टको हत्या भएको तीन हप्तापछि संमलग्नलाई पक्राउ गरेको थियो । 

 गहिरो अनुसन्धानपश्चात बिष्टको हत्या संमलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड(४ का २१ बर्षीय गंगाप्रसाद राजवंशीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।