बिर्तामोड ।  

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय गुम्दै गएको पत्रकारिताको विश्वसीनियता फर्काउन पनि सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नु पर्ने औंल्याएका छन् ।  उनले अवको पत्रकारिता सिर्जनात्मक र रचनात्मक हुनु पर्ने बताएका हुन् । 

प्रेस काउन्सिलले सिर्जनात्मक र रचानात्मक पत्रकारिताको अभियान थालेको बताउँदै अध्यक्ष बस्नेतले समाचारमा सत्य र तथ्य तथा प्रमाण बिना पत्रकारिता कमजोर हुने भएकाले पत्रकारितालाई मर्यादित र विश्वशनिय बनाउन त्यसप्रति श्रमजिबि पत्रकारले ध्यान दिनु पर्नेमा जोड दिए । 

प्रेस काउन्सिल नेपालको आयोजना तथा नारी सञ्चार गृह झापाको संयोजनमा आज शनिवार बिर्तामोडमा भएको नयाँ प्रबिधिमार्फत अग्रीम पत्रकारिता सम्बन्धी २ दिने तालिमको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नतेले त्यस्तो बताएका हुन् । 

pc

सोही कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुुमागाईले मिडियो सञ्चालक पत्रकार नहुने जिकिर गरे । उनले मिडियाको मालिक भएर मात्र पत्रकार नहुने बताउँदै पत्रकारिता पनि गर्ने मात्र श्रमजिबि पत्रकार हुने भएको बताएका छन् । 

त्यस्तै महासंघ झापाका पूर्व अध्यक्ष माधव बिद्रोहीले नयाँ प्रबिधिको प्रयोगसँगै अवको पत्रकारितामा चुनौती बढ्दै गएकाले पत्रकारले नयाँ प्रबिधिमा दक्ष हुने पर्ने बताए । 

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गणेश पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा  कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत नारी सञ्चारगुहकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले गरेको कार्यक्रममा झापा, मोरङ, इलाम, पाँचथर, सुनसरी जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।

सहभागीलाई सञ्चारकर्मी लीला भट्टराई, नसना बज्राचार्यले प्रशिक्षणको पहिलो दिनको सहजीकरण गरेका थिए । प्रशिक्षण भोलि सम्पन्न हुनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले गरेकी थिइन् ।