बिर्तामोड । झापाका राई प्रदेशस्तरीय बडिबिल्डिङ च्याम्पियन बनेका छन् । उत्कृष्ट चार वटा तौल समूहका विजेतालाई पछि पार्दै राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका हुन् ।  

आज बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ग्यालेक्सी फिटनेसबाट ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गरेका छन् । 

प्रतियोगिताको फस्ट रनरअप झापाका अभिजित राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेण्ड रनरअप मोरङका टंकबहादुर मगर बने ।

उनले नगद ५० हजार र ट्रफी पाए ।  चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बने उनले नगद ३० हजार पाउँदा पाँचौँ स्थानमा ५५ केजीका अनिश राई भए । 

उदयपुरका अनिशले नगद २० हजारमा चित्त बुझाएका छन् । 

प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना, झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडिबिल्डिङ तथा फिटनेस

संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा उर्जा मन्त्री एकराज कार्कीले गरेका थिए । 

बोर्डका सदस्य गौरीमान राई, जलकुमार गुरुङ, झापा खेलकुदका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।