बिर्तामोड : बिर्तामोडका युवा व्यवसायी राजु ढकाल सम्मानित भएका छन् । नेपाली युवा उद्यमी मञ्च झापाले मेचीनगरस्थित होटल मेची क्राउनमा आयोजित युवा मञ्चको प्रथम साधारणसभामा व्यवसायी ढकाललाई सम्मान गरेको हो ।
कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मानपत्र सहित ढकाललाई सम्मान गरेका हुन् । उद्यमशिलताको क्षेत्रमा उपलब्धी हासिल गरेको भन्दै (एनवाईईएफ) ले सम्मान गरेको हो ।
बिर्तामोड– ५ मा ढकालले गणपति बेकर्स सञ्चालन गर्दै आएका छन् । एक दशकदेखि बिर्तामोडमा बेकरीको उद्योग सञ्चालन गर्दै आएका उनले ५० जनाभन्दा धेरैलाई रोजगारी दिएका छन् । स्वदेशमै व्यवसाय गर्दै ढकालले रोजगारी सिर्जना गरेकोमा सम्मान गरिएको हो ।
गणपति बेकरीसंगै उनले नैभेद्य, द क्याफे सञ्चालन गर्दै आएका उनी अष्टे«लिया अध्ययन गरेर आएका युवा हुन् । विदेशमा अध्ययन गर्नेहरु स्वदेश नफर्किएको बेला ढकालले स्वदेश फर्किएर ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।