स्नुकर खेलको विकासका साथै शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सचेत र सामूहिक भावना अभिवृद्घि गराउने उद्देश्यले आयोजना गरिने प्रतियोगिताबाट सबैलाई फाइदा पुग्ने स्नुकरका पुर्व खेलाडि तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले  बताएका छन् । 


IMG-20240712-WA0008

प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथि रहेका  अध्यक्ष  गुरुङ स्नुकर खेल स्थापित गर्न महत्वपूर्ण योगदान दिने क्लब ,व्यक्तिहरु तथा खेलाडीलाई सम्मान गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

659 1

उनले स्नुकर खेलमा टिक्न नै धेरै समस्या भएको औंल्याउंदै राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । त्यस्तै  झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेलले युवा पुस्तालाई तन्दुरुस्त राख्न तथा कुलत लगायतका गलत कार्यहरु गर्न रोक लगाउने भन्दै यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान दिने धारणा राखेका थिए । 

789 1

कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, झापा जिल्ला हक्कि संघका अध्यक्ष मनोज बुढाथोकी, सामाजिक अगुवा तथा युवा व्यवसायी सजेश शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष राजु न्यौपाने, अगुवा सुरेश वंशल विरता जेसीजको अध्यक्ष विकास बस्नेत, पूर्वेली युवा क्लबको संस्थापक अध्यक्ष सुरेश आले मगर, आयोजक समितिको सदस्य बिशाल अग्रवाल लगायतको आतिथ्यता रहेको थियो । 

खेम बुढाथोकी र नवल अग्रवालले सञ्चालन गरिरहेको बिर्तामोड स्नुकरले आयोजना गरेको नेपाल मास्टर्स अफ स्नुकरको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् ।  

गत असार १५ गतेदेखि शुरु भएको राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि संगै लामाले नगद २ लाख रुपैयाँसहित ट्रफी हात पारेका हुन् ।