बिर्तामोड : सन्थाल समुदायबाट एसइइमा हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका झापा बाह्रदशीका टेकनाथ सोरेनलाई बिर्तामोडको निदि सेकेन्डरी स्कुल र इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको छ ।

सोरेनलाई कक्षा ११ र १२ सम्मको अध्ययनमा विद्यालयले कुनै पनि शीर्षकमा शुल्क नलिने विद्यालयका प्रिन्सिपल रञ्जीत शाहले जानकारी दिए ।

विज्ञान संकायमा शुक्रबार भर्ना भएका सोरेनलाई त्योभन्दा माथिल्लो तहको अध्ययनमा समेत विद्यालयले सहयोग गर्ने शाहले जानकारी दिए । आर्थिक अभावका कारण कोहि पनि उच्च शिक्षा पाउनबाट बन्चित हुनु हुंदैन भन्ने अभिप्रायले सामाजिक उत्तरदायित्व वहन गर्दै सोरेनलाई निशुल्क पढ्ने व्यवस्था मिलाइएको प्रिन्सिपल शाहको भनाई छ । 

सोरेनको पढाइप्रतिको लगनशीलता तथा पारिवारिक आर्थिक अभावलाई ध्यान दिँदै उनको अध्ययनको व्यवस्था गरिएको प्रिन्सिपल शाह बताउंछन् । २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविका सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसएलसीरएसइइकै इतिहासमा उच्च अंक ल्याएका थिए ।


449391036_1010656047736380_8911986417475817234_n

२०६४ साउन ३० गते जन्मिएका सोरेनले एसइइमा ३।८२ जिपिए अंक ल्याएका छन् । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५।५ प्रतिशत हुन्छ ।

अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी बाह्रदशी–६ डाँगीबारीका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेती र अर्काको दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।