बिर्तामोड

बिर्तामोड नगरपालिका वडा नम्वर ३ स्थित बुद्धनगरमा गुरुङ जातिको सङ्ग्रहालय धमाधम निर्माणधिन भइरहेको छ । गुरुङ जातिको मौलिक भेषभूषा, प्राचीन सरसामान संग्रहित गर्ने उद्धेश्यले सङ्ग्रहालयको निर्माण गरिएको जनाइएको छ । 

यस समुदायको आफ्नै शास्त्र, संस्कार र संस्कृति छन्। तीमध्ये अधिकांश मौखिक मात्र रहेको र लिखित दस्तावेज नरहेको स्थानिय सलबहादुर गुरुङले बताए । गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने योजना रहेको बताउंदै उनले  भने संग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार अवलोकन गर्न सकिन्छ । 

भवनमा गुरुङ समुदायको इतिहास झल्कने मौलिक तथा परम्परागत वस्तुको सङ्ग्रहालयदेखि पुस्तकालयसम्म उपलब्ध हुने छ ।

तोमु ह्युल छोंज धीं गुरुङद्वारा निर्माण गरिएको भवन तीन तलाको बन्ने छ । भवनमा भुइँतलामा सभाहल, पहिलो तलामा कार्यालय र बैठक कक्ष तथा माथिल्लो तलामा सङ्ग्रहालय रहने भवन निर्माण समितिका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । 

दुई कठ्ठा जग्गामा यो सङ्ग्रहालय बन्दै गरेको सङ्ग्रहालय निर्माणका लागि हालसम्म बिर्तामोड नगरपालिकाबाट १५ लाख रुपैयाँ र शहरी विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । त्यही रकमबाट एक तला निर्माण सम्पन्न भएको जनाइएको छ । 

बजेट पर्याप्त नहुंदा निधार्रित समयमा काम गर्न नसकिने बताउंदै उनले तीन बर्षे योजना बनाएर भवन निर्माण सुरु गरेको र तीन तहकै सरकारसंग रकम माग गरिएको जनाए । ।