बिर्तामोड ५ जात्रुवाडीमा  रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाले १२ औं स्थापना दिवस बुधबार एक कार्यक्रमका बीच सामाजिक कार्य गरेर मनाएको छ । 

संस्थाले बिर्तामोड ७ स्थित बारघरेका दैनिक ज्यालादारी गरेर जिविका चलाउंदै आएका विपन्न ४ परिवारलाई सहयोग गरेर स्थापना दिवस मनाएको हो । 

WhatsApp Image 2024-07-17 at 04.40.49 1

संस्थाले अशक्त मनिलाल चौधरी, लालबहादुर चौधरी, चम्फा मुर्मु, बुद्धिराम चौधरी र देवकी चौधरीलाई दाल, चामल, खानेतेल, नुन, चिउरा लगायताका सामग्री सहयोग गरेको सस्थाका व्यवस्थापक पर्वतराज चिमरियाले जानकारी दिए । 

संस्थाका अध्यक्ष नन्दमान भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै केहि सानो सहयोग गरिएको बताए ।

उनले आर्थिक अभावका कारण दुई छाक खान समस्या भोग्दै आएका विपन्न परिवारलाई सहयोग गर्न पाउंदा खुसी लागेको बताए ।

त्यस्तै सहयोग हस्तानतरण कार्यक्रममा सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष तथा स्थानीय ब्रदी प्याकुरेलले संस्थाले गरेको सहयोग प्रति प्रंशसा सहित संस्थालाई धन्यवाद प्रकट गरेका थिए । 

सहयोग हस्तानतरण कार्यक्रममा संस्थाको अध्यक्ष भट्टराई सहित कोषाध्यक्ष शान्ता बिष्ट, सञ्चालक समिति सदस्य गौरीप्रसाद भण्डारी, हृदयकुमारी

संग्रौला, ऋण समिति सदस्य जर्नादन बांस्कोटा, शिक्षा समिति सदस्य कृष्णप्रसाद बराल, बालकृष्ण चम्लगांई, सदस्य अम्बिका भट्टराई, व्यवस्थापक पर्वतराज चिमरिया लगायतको उपस्थिति रहेको थियो । 

आबद्ध सहकारी संस्थाको हालसम्म  ३ करोड ४ लाख १८ हजार शेयरपुंजी ,  १८ करोड ७७ लाख ८० हजार ४ सय ३४ बचत, २२ करोड ९ लाख ८६ हजार ५ सय ऋण लागनी र कुल वालात २९ करोड ५४ लाख ८४ हजार ८ सय ८६ रहेको छ ।