बिर्तामोड । 

एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५ स्थित पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज कम्पनीको डिस्कभर बाइक जित्न सफल भएका छन् । 

गत पुसदेखि ४ महिनासम्म सञ्चालन भएको उपहार योजना बाट देशैभरबाट बम्पर उपहार स्वरुप गणेशले बाइक जितेको कम्पनीले जनाएको छ ।   

खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले एनसेलले सञ्चालन गरेको उपहार योजनाबाट उनले बाइक जितेका हुन् । 

पुरस्का र बिजेत्ता गणेशलाई आज (बिहीबार) बिर्तामोडमा एक कार्यक्रमकाबिच कोशी प्रदेश एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले १२५ सीसीको उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् । 

यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । त्यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ ईन्च सम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् । 

बम्पर उपहारकालागि कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरु इोग्य भएका थिए । गोला प्रथा बाट गाणेशले बाइक जितेका हुन् ।  

कार्यक्रममा एनसेलको बितरक कम्पनी प्रिन्सा एण्ड आर्वत ट्रेडिङ प्रालि बिर्तामोडका सञ्चालक सुरेन्द्र कटुवाल, सिनीयर सेल्स एक्जीक्यूटिभ प्रबिन गिरी, सिनियर एस्पर्टिष्ट रमेश श्रेष्ठलगायतको उपस्थित थियो ।