बिर्तामोड स्थित पाथिभरा इन्जिनियरिङ कलेजमा सेन्सर टेक्नोलोजी, रोबोटिक्स र एआईमा हाल प्रचलनमा रहेका अनुसन्धानबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दुई वर्षयता झापामा पहिलोपटक स्नातक तहमा इन्जिनियरिङ अध्ययन हुँदै आएको बिर्तामाड स्थित बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) को मातहतमा रहेको कलेजका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । फिनल्यान्डमा आधारित भएर डक्टर राजीवकुमार कण्ठले सहजीकरण विद्यार्थीलाई गरेका थिए ।

तुर्कु विश्वविद्यालय फिनल्यान्डमा कम्प्युटिङ विभागमा कार्यरत डक्टर कण्ठले पाथिभरा कलेजका सिभिल र कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुलाई सेन्सर टेक्नोलोजी, रोबोटिक्स र एआईका बारेमा जानकारी गराएका थिए ।

सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याब सुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवासुविधा रहेको कलेजमा समयसमयमा नियमित अध्ययनसँगै अभिमुखीकरण हुँदै आएको विभागीय प्रमुख इन्जिनियर रोशन भट्टराईले जानकारी दिए ।

कलेजका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अनुज पराजुलीको अध्यक्षतामा भएका कार्यक्रममा संस्थापक अध्यक्ष युवराज प्रसाईंलगायत लेक्चरहरुको उपस्थिति रहेको थियो ।