छठ महिला मञ्च बिर्तामोडले मुसहर बस्तीका   महिलाहरुलाई निशुल्क चुरा तथा मेहन्दी वितरण गरेको छ । आज बिर्तामोड ३ स्थित मुसहर बस्तीका महिलालाई मञ्चले चुरा तथा मेहन्दी प्रदान गरेको हो । 

साउनमा अधिकांश महिलाका हात मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ । तर आर्थिक अभावकै कारण चुरा त मेहन्दी किन्न नसक्ने समुदायका महिला अझै पनि हाम्रै समाजमा रहेका छन् । 

उनीहरुलाई लक्षित गरि सहयोग गरिएको  छठ महिला मञ्च बिर्तामोडको अध्यक्ष निशा शाह गुप्ताले बताइन ।  मेहन्दी र चुराले मुसहर  महिलाको मुहारमा हांसो देख्दा आफुहरु खुसी भएको  गुप्ताको भनाई छ  ।  कार्यक्रममा महिलाहरुलाई मेहन्दी समेत लगाइएको थियो ।  साथै मञ्चले उनीहरुलाई दहि चिउरा समेत वितरण गरेको थियो । 

बिर्तामोड नगरपालिकाको पूर्व कार्यपालिका सदस्य द्रौपदी गणेशको प्रमुख आतिथ्य तथा मञ्चको अध्यक्ष निशा गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मञ्चको उपाध्यक्ष निशा कर्णले गरेकी थिइन । 

मञ्चको बरिष्ठ उपाध्यक्ष संगिता शाहले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन मञ्चको महासचिव रेनुका महत्तोले गरेकी थिइन । 

महिलाहरुलाई आज प्रदान गरिएको आवश्यक मेहन्दी र चुरा बिर्तामोड स्थित अप्सरा चुरा पसलको सञ्चालक सुरज र अन्जली शाहले निशुल्क उपलब्ध गराएको मञ्चले जनाएको छ ।