झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । 

दिउँसो काँकरभिट्टा बसपार्कमा लागूऔषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको  प्रहरी टोलीले भारतको दार्जिलिङ खोरीबारी थानाका २२ वर्षीय अबास राजग्र र सोही स्थानका २२ वर्षीय मफिजुदीन  अनसारीलाई शंका लागि चेकजाँच गर्दा निजहरुले खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको 

प्रतिबन्धित लागूऔषध खैरोहेरोइन प्लाष्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम फेला परेकोले उक्त सामानसहित दुवै जनालाई  नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।