झापा । आर्थिक ऐन २०८१ मा भएका व्यवस्थाका विषयमा आन्तरिक राजश्व कार्यालय भद्रपुर जिल्लाका उद्योगी–व्यवसायीबीच अन्तरक्रिया गरेको छ ।

कार्यालयकै सभाहलमा आज आयोजना गरिएको अभिमुखीकरण एवम् अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले भर्खरै आएको आर्थिक ऐनमा भएका व्यवस्थाहरुका बारे सहभागी उद्योगी–व्यवसायीलाई जानकारी गराउँदै ऐनले करदाताका लागि विभिन्नखाले छुटको व्यवस्था गरेको बताए । 

कार्यक्रममा प्रमुख कर अधिकृत काफ्लेले सरकारले करको दरभन्दा पनि दायरा फराकिलो बनाउने उद्देश्यका साथ उद्योग–व्यवसाय दर्ता गरेर लामो समयदेखि नविकरण नगरिरहेका करदातालाई विशेष छुटको व्यवस्था गरेर आफ्नो व्यवसायलाई पुनर्जीवन दिने मौका आर्थिक ऐन २०८१ मार्फत प्रदान गर्न चाहेको स्पष्ट पारे ।

उनले यो मौकाको फाइदा उठाउन र यस बारे सबै उद्यागी–व्यवसायीलाई अवगत गराउन कार्यक्रममा सहभागी उद्योग–व्यवसाय क्षेत्रका नेतृत्वलाई आग्रह पनि गरे ।