बिर्तामोड    पूर्वेली ढुवानी सेवा प्रा.लिले. ढुवानी व्यवसायलाई थप व्यवस्थित गरेको छ । पुर्वेलीले  पाँच वटा मालवाहक ट्रक थप गरेर सेवा प्रवाहलाई अझै व्यवस्थित गरेको हो ।

कम्पनीका सञ्चालक निर्मल खत्रीले समयअनुसार प्रविधिले फड्को मार्दै गईरहेकोले आवश्यकतालाई ध्यानमा राखेर ५ वटा टाटा ब्राण्डको १० चक्के ट्रक खरिद गरेको जानकारी दिए ।   उनले बजार प्रतिस्पर्धात्मक रहेकोले सेवालाई सुध्रिढ, व्यवस्थित गर्दै बलियो बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताए । 

बिगत ५ वर्षदेखि झापाको बिर्तामोडमा केन्द्रीय कार्यलय रहि धेरै स्थानमा सेवा सञ्चालन गर्दै आएको पूर्वेली ढुवानीले ईटहरीमा समेत सेवा कार्यालय स्थापना गरेको छ । 

Messenger_creation_5a899bea-392f-46c5-b9a1-1911f97763f5

यस अघि नै ३६ वटा मालवाहक ट्रक र २ वटा टिपर सञ्चालनमा रहेको पूर्वेली ढुवानीमा एक सय जना  बढीले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

ढुवानी व्यवसायी खत्री सामाजिक सेवामासमेत सक्रिय छन्नु ।