झापा,

झापाको कन्काई ८ स्थित बिरिङ खोला नजिकै आयोजित सांस्कृतिक महोत्सव मेलामा खुलेआम जुवातास भइरहेको छ ।  प्रहरी प्रशासनको आड्मा कन्काई ८ लक्ष्मीपुर स्थित शितल चोकमा  खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको हो । 

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कन्काईद्धारा आयोजित प्रथम आदिवासी जनजाति कन्काई नगर सांगीतिक तथा सांस्कृतिक महोत्सव २०८१ मा दुई सातादेखि प्रहरीकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउंदै आइएको छ । 

महोत्सव गत असार ३१ गतेबाट सञ्चालन भइरहेको छ । महोत्सव साउन १५ गते सम्म चल्ने बताइएको छ ।  प्रहरी प्रशासन समेतको सेटिङमा महोत्सव चलाएकाले  महोत्सव सञ्चालकले खुलेआम जुवा जन्य खेलहरू खेलाउने आड पाएका हुन् । कन्काई फन वल्र्डले कानुनले बन्देज खेल खेलाउंदै आएको छ । 

सांस्कृतिक महोत्सवका नाममा यस्ता कानुनले बन्देज गरेको खेल तामासा  हुँदै आएका छन्, भने यश विषयमा प्रशासनलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रशासन माथिको संलग्नताको आरोपलाई थप बल पुगेको छ । यता आयोजक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कन्काइका लक्ष्मण श्रेष्ठले भने खुल्म खुला झुट बोलेका छन् । उनले महोत्सवका नाममा बिकृति फैलाएको भन्ने आरोप गलत भएको दाबी गरे ।

कन्काई फन वल्र्डका गणेश राउतले प्रहरी प्रशासनसंग सेटिङमा मेलामा कानुन बन्देज खेल  मेला महोत्सवमा  खेलाउंदै आएका छन् । 

मेला लागेको क्षेत्र इलाका प्रहरी कार्यालय बिर्तामोडको एरिया पर्छ । मेला लागेको स्थान बिर्तामोड इप्रका मातहतमा रहेको घैलाडुब्बा इलाका प्रहरी कार्यालयको एरिया  समेत हो । यस बिषयमा बुझ्रन इप्रका घैलाडुब्बाका सई खुडु मुर्मुलाई सम्पर्क गर्दा तीर लगायतका खेल मात्र खेल्न दिइएको दाबी गरे । साथै उनले बिर्तामोड इप्रकाले मेला क्षेत्र हेर्दै आएको बताए ।