चारपाने : श्री कृष्ण प्रणामी युवा परिषद नेपाल कोशी प्रदेश जिल्ला कार्य समिति झापाको सचिवालय उद्धघाटन गरिएको छ । श्री कृष्ण प्रणामी मन्दिर चारपानेमा युवा परिषदको सचिवालय स्थापना गरिएको हो । आज एक संक्षिप्त कार्यक्रमकाबिच उक्त सचिवालयको उद्धघाटन युवा परिषदका केन्द्रिय उपाध्यक्ष टंक ओझाले गरेका छन् ।
साथै सोहि कार्यक्रममा आज युवा परिषदका पुर्व अध्यक्ष तथा एक जना कार्यबाहक अध्यक्षलाई सम्मान गरिएको छ । साथै नव निर्मित सचिवालय भवनको सौन्दर्यकरण तथा व्यवस्थापनकालागि सहयोग गर्ने दातालाई पनि सम्मान गरिएको युवा परिषद झापा अध्यक्ष टहलदास ओलीले जानकारी दिए ।
परिषदका केन्द्रिय उपाध्यक्ष ओझााको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष टहलदास ओलीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्माथि युवा परिषदका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समपर्ण खतिवडाले प्रकाश पारेका थिए ।
युवा परिषद सचिव मोहन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रणामी मन्दिर चारपारेको युवा परिषद अध्यक्ष बासुदेव पाण्डेले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ओझा, १०८ श्री जगतानन्द महाराज, बिमल सास्त्री महाराज , महाराज बिष्णु वशिष्ठ,
सत्सङ सेवा परिषद केन्द्रिय उपाध्यक्ष कृष्ण बजगांई, बाइजुराज जिल्ला अध्यक्ष मिरा अधिकारी ओली, सत्सङ सेवा परिषद झापा अध्यक्ष मिलन बस्नेत, युवा परिषद पुर्व अध्यक्ष युवराज संग्रौला, छत्रप्रसाद अधिकारी लगायतले शुभकामना मनतब्य राखेका थिए । सचिवालय भवन नहुंदा मिटिङ गर्न, कार्य सम्पादनमा समस्या हुंदै आएको बताउंदै जिल्ला अध्यक्ष ओलीले अब भने सहज हुने विश्वास ब्यक्त गरे ।