बिर्तामोड : झापाको भद्रपुर नगरपालिका–१ स्थित देवी खोलामा डुबेर आइतबार बेलुका एक बालकको मृत्यु भएको छ ।

खोलामा डुबेर भद्रपुर–१ का महेश रसाइलीको ९ वर्षीय छोरा सौरभको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

घर नजिकैको खोलामा डुबेको अवस्थामा स्थानीयबासीले देखेपछि बालकलाई खोलाबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेकोले जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।