झापाको बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीको यतिबेला भोकप्यास हराएको छ । अरुको विश्वास गरेर साझेदारीमा व्यवसाय गर्दा तिलचनको यो हालत भएको छ । चालू अवस्थामा रहेको हार्डवेयर सम्बन्धी व्यवसाय आफू पनि साझेदारी गर्ने सोचका साथ उनी पनि लागे । तर, ५० लाख शेयर हाल्ने भनेर व्यवसायमा हात हालेका उनी अहिले अढाइ करोड भन्दा बढीका ऋणमा डुबेका छन् । 

पीडित राजवंशीका अनुसार यस्तो छ घटना क्रम

बिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लब मैनाली संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स ९हार्डवेयर होलसेल पसल० सञ्चालनमा ल्याएका थिए । मैनालीले टे«डर्स छोडेपछि तिलकचन र बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिए । त्यसपछि उनीहरुले साविक ओम शिवम् टे«डर्सको नाम परिवर्तन गरेर ओम शिवम् टे«डर्स प्रालि बनाए । 

तीन सदस्य नयाँ कम्पनीमा संग्रौलाले ५० लाख र राजवंशीले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको तिलकचनले बताए । पुरानो कम्पनीको दायित्व नयाँ कम्पनीले तिरोभरो गर्ने कम्पनीको प्रबन्ध पत्रमा उल्लेख छ । तर, रावजंशीले भने सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । 

तिलकचनको नाममा रहेको बिर्तामोड–२ मा रहेको एक कठ्ठा १२ धुर र कम्पनीको नाममा रहेको तीन कठ्ठा जग्गा राखेर एनआइसीको सुरुङ्गा शाखाबाट पाँच करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ ।

nic-surunga

“मैले ५० लाख शेयर हाल्ने गरी कम्पनीका अध्यक्ष युनिस भेटवालले धनीपूर्जा लग्नुभएको हो”, उनले भने, “पछि मालपोतमा जग्गा रोक्का गर्न जाँदा २ करोड २४ लाख ऋण निकाल्न लागिएको बुझेपछि मैले हुँदैन भनेँ तर यो भ्यालुएसन मात्र हो तपाईंको ऋण ५० लाख मात्र हो भनियो ।

”कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल र बैंकका कर्मचारीको मिलेमतोमा अधिक मूल्यांकन गरेर ऋण निकालिएको राजवंशीको आरोप छ । “मेरो जग्गा राखेर कति ऋण निकालियो भनेर पटक–पटक बैंकमा गएर सोध्दा कुनै जवाफ आएन”, उनले सुनासो पोखे, “पछि दुई÷चार जना लिएर जाँदा मात्र थाहा भयो भनेको भन्दा धेरै ऋण निकालिएको रहेछ ।”

कम्पनीको खातामा रहेको पैसा सञ्चालकहरुको आधिकारिक पत्र बिना असम्बन्धित व्यक्तिको खातामा पैसा पठाउन नमिल्ने प्रावधान भए पनि बैंकका कर्मचारी र कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथको मिलेमतोमा ऋण स्वीकृति भएकै दिन पैसा पुरानो कम्पनी र असम्बन्धित व्यक्तिको खातामा पठाएको देखिन्छ । 

ओम शिवम् टे«डर्स प्रालिको खाताबाट मिति २०७९ माघ २५ गते एक करोड ७९ हजार रुपैयाँ असम्बन्धित व्यक्ति होमनाथ मिश्रको नाममा पठाएको बैंकको रेकर्डमा देखिन्छ । एनआइसी एसिया बैंक सुरुङ्गा शाखाले नियमविपरीत कम्पनीको खाताबाट रकम असम्बन्धित व्यक्तिको खातामा रकम पठाएको राजवंशीको आरोप छ । राजवंशीले बिहीबार सुरुङ्गामा पत्रकार भेटघाटमा एनआइसी एसिया बैंकका कर्मचारीले बद्मासी गरेको आरोप लगाएका हुन् । 

कम्पनीको नाममा सोही दिन पाँच करोड ५० लाख रुपैयाँ ऋण स्वीकृत भएको थियो भने पुरानो कम्पनीको नाममा देखिएको ऋण चार करोड पाँच लाख सात हजार रुपैयाँ सोही दिन तिरेको बैंकले उपलब्ध गराएको स्टेटमेन्टमा उल्लेख छ ।

पैसा पठाइएको विषयमा पनि आफू अनविज्ञ रहेको राजवंशीको भनाइ छ । करिब एक वर्षदेखि कम्पनी बन्द छ । बैंकले कर्जाको किस्ता तिर्न आफूलाई बारम्बार ताकेता गरिरहेको राजवंशी बताउँछन् । हाल कम्पनीका अध्यक्ष युनिस सम्पर्कविहीन छन् । 

यो घटनाले साझेदारी बाहेकको व्यक्तिको खातामा किन पैसा पठाइयो रु चलनचल्तीको मूल्य भन्दाबढीको भ्यालुएसन कसरी भयो रु कम्पनीको स्टक नै भन्दा धेरै ऋण कसरी स्वीकृत भयो रु कम्पनीको चेक बिनै कसरी पैसा ट्रान्सफर भयो रु यी र यस्ता प्रश्न उब्जिएका छन् । 

बैंकको ऋणका कारण अर्का सञ्चालक धर्मप्रसाद संग्रौला र राजवंशीको बिचल्ली भएको छ । राजवंशीको सम्पत्तिको नाममा जम्मा बैंकमा धितो रहेको एक कठ्ठा १२ धुर जग्गा छ भने उनको सो जग्गा तलमाथि भए सडकमा आउने स्थिति सिर्जना भएको छ ।

यता, यस विषयमा बुझ्नलाई बैंकका मेनेजरलाई ९८०७९६३५०० मा पटक–पटक सम्पर्क गर्दा फोन हुन सकेन । बैंकमै सञ्चारकर्मीको टोली पुगेर घटनाका सम्बन्धमा बुझ्ने प्रयास गर्दा बैंकका मेनेजर भेटिनन् । अन्य कर्मचारीले भने सञ्चारकर्मीको टोली पुग्ने बित्तिकै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी समेत बैंकमा पुगेको थियो ।

प्रहरीले सञ्चारकर्मीको टोलीमध्ये एक जनालाई ‘तपाईं गइहाल्नुहोस्, यहाँ समस्या हुन सक्छ’ भनेपछि ती सञ्चारकर्मी सुटुक्कै हिँडेको बुझिएको छ ।

सार्वजनिक चासो र पीडितको पक्षमा बुझ्न गएका सञ्चारकर्मीले आफ्नो परिचय दिए पनि ‘धेरै जना मान्छे आएर बैंकमा तनाव दिए’ भन्दै प्रहरीलाई खबर गरेको प्रहरी स्रोतको भनाइ छ । घटनाको वास्तविकता उजागर गर्नुभन्दा पनि दबाउने नियतले प्रहरी बोलाउनले बैंक कर्मचारीको नियतमाथि शंका उब्जिएको छ ।

बैंकको करोडौं रकम जोखिममा

यता, कम्पनीका अध्यक्ष युनिस क्यानाडा पुगेको स्रोतको दाबी छ । अनिस आफू ऋणमा डुबेपछि सोझा दुई जना सञ्चालक थपेर सम्पर्कविहीन भएको देखिन्छ । 

राजवंशीको नाममा रहेको एक कठ्ठा १२ धुर जग्गाको मूल्यांकन बैंकले २ करोड २४ लाख गरेको देखिन्छ । जुन हालसालको मूल्यमा समेत मेल खाँदैन । अहिले सो जग्गाको मूल्य अधिकमत् ५ देखि ६ लाख रुपैयाँ प्रतिधुर रहेको स्थानीयबासी बताउँछन् । जसको मूल्य १ करोड ६० लाख देखि एक करोड ९२ लाख हुन्छ । 

बैंकमा लामो समय काम गरेका एक पूर्व बैंकका कर्मचारीले भने, “त्यसमा बाटोको माग छुट्याएर मात्र मूल्यांकन गर्नुपर्छ । भ्यालुएसन बढी गरेको देखिन्छ ।” व्यवसायिक कर्जाको हकमा मूल्यांकनको शतप्रतिशत ऋणको व्यवस्था भए पनि धितो दोस्रो पाटो हुने भन्दै उनले भने, “स्टकको आधारमा लगानी गर्नुपर्ने हो, तर ऋण निकाल्दा २५–३० लाख रुपैयाँ बराबरको पनि स्टक नभएको सुनेको छु ।”

बैंकले प्रवाह गरेको ऋणको एक वर्षदेखि साँवा ब्याज ऋणहरुले तिरेका छैनन् । जसले गर्दा बैंकले लगानी गरेको रकम उठाउने अन्तिम विकल्प धितो लिलामी हो, तर ऋणको आधारमा धितो मूल्यांकन कम हुने बुझिएको छ ।

बैकले समेत आफ्नो लगानी सुरक्षित गर्न ऋणीसँगै बैंकका कर्मचारीलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।