झापा  : नेपाल अर्थोपेडिक एशोसिएशन मेची च्याप्टरको अध्यक्षमा डा. लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् ।  पूर्वका चारवटा जिल्लाका अर्थोपेडिक चिकित्सकहरु संगठित भएर बनेको  मेची च्याप्टरको अध्यक्षमा डा. मैनाली चयन भएका हुन् । 

चिकित्सकहरु संगठित भएर केन्द्रमा नेपाल अर्थोपेडिक एशोसिएशन गठन भएको २६ वर्षपछि पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ्का डाक्टरहरु संगठित भएर बैधानिक रुपमा मेची च्याप्टरको स्थापना गरिएको अध्यक्ष लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए । 

नेपाल अर्थोपेडिक एशोसिएशनका केन्द्रीय अध्यक्ष डा. बिक्रमकुमार पाण्डेले एशोसिएशन मेची च्याप्टरको एक कार्यक्रमकाबिच शुभारम्भ गरेका हुन् । 

गठित मेची च्याप्टरको अध्यक्षमा डा. मैनाली चयन र  एशोशिएसनको विद्यान अनुसार आगामी कार्यकालका लागि अध्यक्षमा डा.आनन्दराज खनाल चयन भएका छन् ।

4444

१५ सदस्यीय गठित नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा डा.प्रेमबहादुर शाही, उपाध्यक्षमा डा. कुमोदकुमार लिम्बू र डा. सन्दिप अधिकारी, महासचिवमा डा. रुपेशजंग बेलवासे, कोषाध्यक्षमा डा. मनोजकुमार शाह, सह–सचिवमा डा. नबिनकुमार सिंह, सह–कोषाध्यक्षमा डा. कृष्णकान्त यादव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डा. राजिव शाह, डा. रोशन अटल, डा. प्रबिन तिम्सिना, डा. प्रबिन चौधरी र डा. ललीत बोहोरा चयन भएको बरिष्ठ उपाध्यक्ष शाहीले जानकारी दिए । 

एशोसिएसनको प्रमुख सल्लाहकारमा डा. निराजनप्रसाद पराजुली रहेका छन् भने साइन्टीफिक कोअडिनेटरमा डा.अनुप पोखरेल चयन भएका छन् ।

सोही कार्यक्रमकाबीच डा. प्रेमबहादुर शाही र डा. निराजन पराजुलीलाई सम्मानसमेत गरिएको थियो । एशोसिएसन मेची च्याप्टरका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले अध्यक्षता तथा स्वागत गरेको कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. बिमलकुमार पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एशोसिएनका बरिष्ठ उपाध्यक्ष डा. शाहीले अर्थोपेडिक डाक्टर करिव ३० जना रहेको बताए । उनले १० बर्ष अघिको तुलनामा अर्थोपेडिक उपचारमा धेरै सुधार भएको बताएका छन् । 

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।