बिर्तामोड ५ स्थित न्युटन्स् एजुकेशन एकेडेमीको प्राङगणमा लाखे नाच देखाइएको छ ।  मङ्लबार एक कार्यक्रमकाबिच न्युटन्स् टुरिजम क्लबको आयोजनामा विद्यालय परिसरमा रेड लाखे टिमले लाखे नाच प्रर्दशन गरेको हो ।  

नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखे नाच प्रव्रद्धनमा विद्यार्थी सहित सबै जुटनु पर्ने सन्देश प्रवाह गर्न विद्यालयमा लाखे नाच प्रदर्शन गरिएको प्रिन्सिपल देबेन्द्र हुमागांइले जानकारी दिए । 

WhatsApp Image 2024-08-21 at 03.01.28 (1)

नेवारी समुदायको परम्पराको विषयमा विद्यार्थीलाई जानकारी दिने उ्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षिका पवित्रा पौडेलले बताइन । 

परम्परागत संस्कार र संस्कृतिलाई जीवन्त राखी भावी पुस्तालाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको उनको भनाई छ । 

WhatsApp Image 2024-08-21 at 03.01.29

यस्ता मौलिक तथा परम्परागत संस्कृतिको संरक्षण गरेर  विश्व समुदाय माझ परिचित गराउंदै पर्यटन प्रवद्धन गर्न सके आर्थिक रुपले समेत देशले सम्बृद्धि हासिल गर्ने प्रिन्सिपल हुमागांइको भनाई छ । 

नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको छ ।