काठमाडौ ।

साफ यू (२० च्याम्पियनसिपमा बंगलादेशलाईलाइ हराउदै नेपाल सेमिफइनलमा प्रवेश गरेको छ ।  बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २(१ गोलले हराएर समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। 

पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए। 

त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्रात पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए। 

बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्‍यो। नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई डिबक्सभित्र लगाए पनि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे। केही मिनेटअघि मैदान छिरेका इस्लामले पेनाल्टीमा गोल गर्न सफल भए। 

यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्।