ृझापा :
बचत तथा ऋण सहकारी संघ झापाले १४औं स्थापना दिवस मनाएको छ । शनिवार बिर्तामोडमा कार्यक्रम गरी संघले स्थापना दिवस मनाएको हो । संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाइृ उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले विधिसम्मत तरिकाले सहकारीका दर्शन, सिद्धान्त र मूल्य मान्यतामा संचालित संस्थाहरूमा समस्या नभएको र नहुने उल्लेख गरे ।

कार्यक्रममा उत्कृष्ट बचत कारोेवार गर्ने न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था झापा गाउँपालिका र ऋणतर्फ उत्कृष्ट कारोवार गर्ने जनशक्ति बचत तथा ऋण सहकारी संस्था बिर्तामोडलाई आगामी वार्षिक साधारण सभामा सम्मान गर्ने घोषणा गरिएको छ ।
साथै उक्त कार्यक्रमको अवसरमा सर्वोच्च अदालतका उप–सचिव राजन सुवेदीको सहजीकरणमा कर्जा जोखिम विश्लेषण तथा कानूनी परामर्शसम्वन्धी एक दिवसीय तालिमसमेत आयोजना गरिएकोे थियो।

_1736908732.jpg)
संघका सचिव याम चुडालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए । कार्यक्रममा महिला उपाध्यक्ष चन्द्राकुमारी खड्का, उपाध्यक्ष वीपी भट्टराईलगायतका पदाधिकारी र जिल्लाका सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको व्यवस्थापक कोपिला बजगाँईले जानकारी दिएकी छन् ।
