झापाको बिर्तामोड–५ स्थित शनिश्चरे रोडमा सञ्चालित  ह्वाइट एन्जल ब्यूटी सैलुनले ‘तीज बिशेष कार्यक्रम  २०८१’ को आयोजना गरेको छ । 

सैलुनले आज (बुधवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा हिन्दू धर्मालम्बी महिलाहरुको महान पर्व हरितालिका तिज नाचगानका साथ मनाएको हो ।  

ब्यूटी सैलुनका सञ्चालक सुजता गिरी र रिना बरालको संयुक्त अध्यक्षतामा भएको तीज बिशेष कार्यक्रममा समाजसेबी तथा सामाजिक ब्यक्तित्व पार्वता गिरी, यशोदा उप्रेती लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको औचित्यमाथि प्रकाश ब्यूटी सैलुनकी ब्यवस्थापक प्रमिशा गिरीले गरेको कार्यक्रमको स्वागत तथा सञ्चालन पूजा संग्रौलालले गरेकी थिइन् ।  कार्यक्रममा उपस्थिति आमा, दिदिबिहिनीहरुले दर खाएर तीजका गीतमा नाचगान गरेर तीज मनाएका थिए । 

दुबईको बरस्थित मिना बजारमा ६ वटा शाखा रहेको ब्यूटी सैलुनको नेपालमै  पहिलो सातौ शाखाको रुपमा चार महिना अघि बिर्तामोडमा सञ्चालन गरेको छ ।